नियम
५ प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धार
:
४.५.१ प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धार गर्दा स्मारकको मौलिकता, संवेदनशीलता, राष्ट्रिय कला र संस्कृतिको संरक्षण गरी अनुसन्धानमूलक ढंगबाट स्मारकको मर्मत तथा जीर्णोद्धार गर्नु गराउनु पर्नेछ ।
४.५.२ आर्थिक प्रशासन सम्बन्धी नियमहरू, २०४२ अनुसार बोलपत्र प्रथाद्वारा प्राचीन स्मारकको मर्मत तथा जीर्णोद्धार कार्य गर्दा, गराउँदा उपनियम ४.५.१ को मनसाय अनुरूप गर्न नसकिने वा स्मारक नै नष्ट हुने वा विग्रिन सक्ने सम्भावना देखिएमा त्यस्ता कामहरू प्राचीन स्मारक
सम्बन्धी अनुभव भएका व्यक्ति वा फर्महरू मध्येबाट विभागले दरभाउपत्र (कोटेशन) वा अमानतबाट गर्न गराउन सक्नेछ ।
४.५.३ उपनियम ४.५.२ बमोजिम मर्मत तथा जीर्णोद्धार कार्य गर्दा गराउँदा विभागले दरभाउपत्र (कोटेशन) वा अमानतबाट गर्न गराउन गोरखापत्रमा सूचना प्रकाशित गरी प्राचीन स्मारक सम्बन्धी अनुभव भएका व्यक्ति वा फर्महरूबाट दरखास्त आह्वान गरी प्राप्त हुन आएका दरखास्तवाला व्यक्ति वा फर्मलाई प्रि–क्वालिफिकेशन (पूर्व योग्यता) गर्ने काम उपनियम ४.६.१ बमोजिमको मर्मत तथा जीर्णोद्धार प्रक्रिया निर्धारण समितिले गर्नेछ ।